लघुकथा

- कृष्ण बजगाईं

बिकटपुर गाउ“को एक घरमा प्रजातन्त्र प्राप्तिको लगत्तै प्रजातन्त्र आएको महसुस गरे छिमेकिहरुले । प्रगतिगामी प्रजातान्त्रिक पार्टर्ीी कार्यकर्ता भएर निस्के एक दम्पत्ती । शिशुप्रजातन्त्र स्याहार्न जोइपोइ नै लागे । त्यसपछि बिरलै चुल्हो बल्दथ्यो घरमा । अनि त प्रजातन्त्रभन्दा केही वर्षात्र जेठी छोरीको विजोक देख्नु पर्‍यो छिमेकीहरुले ।
पार्टर्ीी जस्तै झगडाको बिउ झयाँङ्गनि थाल्यो घरमा । तर्क-वितर्क, सवाल-जवाफ बढ्दै गएर विवादमा परिणतहु“दा सुरुसुरुमा अन्तरविरोधको नियम सम्झी चित्त बुझाए । अलिपछि सामान्य घरायसी कुरा मौलिक स्वतन्त्रता, मानवअधिकार हनन् र लैङ्गकि विभेदजस्ता मुद्दामा परिणत हुनथाल्यो । अनि आफ्नो प्रतिष्ठामा आघात पुगेको दुखेसो साथीभाइलाई सुनाई हिंड्न थाले ती दम्पत्ती ।
एक अर्कालाई प्रतिद्वन्द्वी ठान्दथे । सत्तापक्ष र प्रतिपक्ष पार्टर्ीीतिकै हठी थिए आ-आफ्ना कुरामा तिनीहरु । सामान्य घरायसी विवादको पनि समाधान हुन छाड्यो आफू बीचमा । न्याय पाउ“ भन्दै पार्टर्ीी उजुरी हाल्थे । त्यसपछि पार्टर्ीी मानिस आएर मध्यस्थता गरिदिन्थे । केही दिनका लागि अस्थायी युद्धविरामझैं हुन्थ्यो त्यस घरमा । अलिकति राहत महसुस गर्थिन ती अबोध बालिकाले ।
केही समय यता व्यक्तित्व विकासमा एक अर्कालाई बाधक देख्न थाले उनीहरु । अब घरायसी झगडाको मध्यस्ता हुन छाड्यो पार्टर्ीी मानिसहरुबाट पनि । त्यसपछि विवाद समाधान गर्ने अर्को उपाय निकाले गोलाद्वारा । कुनै विषयमा विवाद पर्दा गोलाप्रथाद्वारा समाधान गर्दथे अस्थायीरुपमा ।
विवाद समाधान गर्ने उपाय गतिशील पार्टर्ीीmैं परिवर्तनशील थियो उनीहरुको । बाबुआमाको सामान्य विवादको उग्ररुप र त्यसको अस्थायी समाधानले सधैं दुखी देखिन्थिन ती बालिका ।
शिशु प्रजातन्त्र स्याहार्ने काममा एकमात्र छोरी दुवैका लागि घा“डो भईरहेकि थिईन् । अचानक छोरीको रहस्यमय मृत्यु भयो । तर छिमेकीहरु शिशु प्रजातन्त्रको सेप लागेर अल्पायुमै छोरी गुमाउनु परेको कुरा खासखुस गर्दर्थे ।
छोरीको मृत्यु भएको केही बर्षै बयस्क हुन नपाउ“दै प्रजातन्त्रको पनि अवशान भयो । अवोध छोरी र प्रजातन्त्र दुवै गुमाए पनि प्रजातन्त्र स्याहार्दा स्याहार्दै राजधानीमा आलिशन महल कमाएकाले उनीहरुलाई कुनै पींडा छैन भन्थे ती दम्पत्तीलाई जान्नेहरु ।
आलिसन महलको बार्दलीबाट बाहिर आफ्नो भन्दा अग्ला महल, मह“गा चिल्ला कार एवम् छोरीको झझल्को दिने बालाको ता“ती देख्दा मन अमिलो भएर आउनथाल्यो । सत्ताको जुठापुरा खानमा निर्लिप्त भएको बेला सम्पर्ूण्ा जीवन त्यती नै रहेछ भन्ठान्दथे उनीहरु । तर अहिले जिन्दगी जीउनुको वास्तविकता बल्ल बुझेको कुरा गर्दछन् ।
आजकल सम्पत्ति, सत्ता वा सन्तान केको भ्रुण बिजारोपण गर्ने विवाद चलिरहेको छ उनीहरुबीचमा । चरोमत्कोर्षा रहेको बिवाद सम्झौतामा नटुंगीए पनि स्रि्र स्खलनको तयारीमा देखिन्छन् ती दम्पत्ती ।

साभार: अनलाईन नेपाली साहित्य मन्च